कार्यक्रम प्रस्तोता रवि लामिछाने पक्राउ

काठमाडौँ — टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने बिहीबार पक्राउ परेका छन् । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा मुछिएपछि लामिछाने र युवराज कँडेललाई काठमाडौंबाट प्रहरीले पक्राउ गरेको हो ।


महानगरीय प्रहरी परिसरका डीआईजी शैलेश थापा क्षेत्रीले लामिछाने पक्राउ परेको पुष्टिगरे। उनलाई जिल्ला प्रहरी कार्यालय चितवनको अनुरोधमा पक्राउ गरिएको हो। उनलाई पक्राउ गरेर आजै चितवन पठाइएको डीआईजी थापाले जानकारी दिए।

आफूलाई लामिछाने र कँडेललगायतले मानसिक तनाव दिइ आत्महत्या गर्न बाध्य पारेकोपुडासैनीको रेकर्डेट भिडियो सार्वजनिक भएको थियो। त्यसपछि प्रहरीले लामिछाने लगायतलाई निगरानीमा राखेको थियो। बिहीबार दिउँसो उक्त घटनासँग जोडिएकी अस्मिता कार्कीलाई प्रहरीले पक्राउ गरेको थियो। लगत्तै प्रहरीले लामिछाने र कँडेललाई बिहीबार साँझपक्राउ गरेको हो।

पत्रकारपुडासैनी चितवनस्थित एक होटलमा गत साउन २१गते झुन्डिएको अवस्थामा फेला परेका थिए।

Source: https://www.kantipurdaily.com/news/2019/08/15/156587705232123704.html

Facebook Comments