५ बर्षिय क्यान्सर पिडित बालिकाको उपचारमा समस्या परिवार भन्छ सके सहयोग नसके सेयर गरिदिनुहोला !

काठमान्डू : ५ बर्षिय क्यान्सर पिडित बालिकाको उपचारमा समस्या परिवार भन्छ सके सहयोग नसके सेयर गरिदिनुहोला ! ५ वर्षको उमेरमा नै क्यान्सर रोग बाट पिडित उर्बर्शी केसीको उपचार मा समस्या भएपछी सम्पूर्ण नेपाल तथा विदेश मा बस्नुहुने नेपालि दाजुभाई दिदि बहिनि हरुमा सहयोग गरिदिनुहुन परिवार ले आग्रह गरेको छ ! दोलखा को चरिकोट गाउपालिका ५ मा घर भै अहिले काठमान्डू मनमैजु मा बसोबास गर्ने ५ बर्षिय बालिका को उपचार मा लाग्ने खर्च परिवार ले जोहो गर्न नसक्दा सारै आपत मा परेको परिवार ले जनाएको छ ! परिवार ले शुक्रबार पत्रकार हरु संग कुरा गर्दै हाल सम्म ३ लाख खर्च भैसकेको र अब उपचार गर्ने पैसा परिवार संग नभएको र बाकि खर्च गर्न सक्ने अवस्था नभएको परिवार ले जानकारी दिएका हुन् !

उनीहरुले छोरीको उपचारमा सहयोग गरिदिन आग्रह गरेका छन् । हाल कान्ति बाल अस्पतालमा अंकोलोजी बिभागमा उपचार गराइरहेकी उनको उपचारमा २२ लाखसम्म खर्च लाग्ने चिकित्सक हरुले भनिसकेको बालिकाकी आमा उर्मिला केसीले जानकारी गराइन् । रोगको पत्ता लगाउँदैमा र बोनम्यारो तथा रक्त परीक्षणको लागि भारतमा नमूना संकलन पठाउनुपर्ने भएका कारण आफूहरु खर्च धान्न नसक्ने अवस्थामा आइपुगेको आफन्तले पीडा रहेको छ ।

पछिल्लो समय बालिकाको फोक्सो, पेट तथा गाला सुनिँदै आएको र तुरुन्त खर्चको जोहो गर्न सकेमा मात्रै बालिकालाई बचाउन सकिने डाक्टरहरुको भनाइ रहेको उनकी आमाले दुःखेसो पोखिन् । इमेज एकेडेमी मनमैजुमा पढिरहेको छोराले पनि खर्च अभावकै का रण पढाई बिचैमा छोड्नु परेको बालिकाकी आमाले पत्रकार सम्मेलनमा दुःखेसो पोखिन् ।

छोरीलाई बचाउने इच्छा हुँदाहुँदैपनि खर्च अभावमा उपचार गर्न नसकेको भन्दै उनले सरकार र सम्पूर्ण दाताहरुबाट सहयोगको अपेक्षा गरेको बताइन्। अहिलेसम्म बालिकालाई दुईपटक किमो दिइसकेको र पहिलो किमोलगत्तै बालिकाको कपाल खस्न थालेको उनकी आमाले जनाइन् । विरामी बालिकाका बुवा ध्रुव केसी सामान्य जिविकोपार्जनको लागि नयाँ बजारमा सेक्युरिटी गार्डको काम गर्दे आएका छन् । उनले पनि आफ्नी छोरीको उपचारमा सहयोगको लागि दाताहरुमा अनुरोध गरेका छन् ।

अहिलेसम्म केही व्यक्ति तथा संस्थाहरुले सहयोग गर्ने वचन बद्धता व्यक्त गरेपनि ६० हजारमात्र संकलन हुन सकेको परिवारको भनाइ छ । उर्मिला केसीको नाममा रहेको ग्लोवल आइ.एम.ई. बैंक मनमैजु शाखाको खाता नम्बर D807010001095 मा रकम जम्मा गरेर बालिकाको जीवनरक्षा गरि दिन परिवारले अपिल गरेको छ । आफ्नो मोबाइल नम्बर 9866401358, 9851253216 मा सम्पर्क गरेर बिस्तृत जानकारी लिन सकिने पनि परिवारले जनाएको छ ।

Facebook Comments