SEE पछि के पढ्ने ?

हरेक विद्यार्थीदेखि अभिभावकसम्मलाई एसइई (यसअघि एसएलसी) भनेको भविष्य निर्माण गर्ने मुख्य ढोका वा आइरन गेट हो । वास्तवमा एसइई आइरन गेट नै हो, यसपछि विद्यार्थीले उनीहरुको रचीअनुसारको पढाइले नै उसको भविष्य निर्माण गर्दछ ।

तथापी एसइईपछि विद्यार्थीहरुले के गर्ने हुन्, कस्तो खाले विषयमा दशजोड दुई गर्ने हुन्, भन्ने विषयले विद्यार्थीलगायत अभिभावकलाई समेत उत्तिकै चिन्ताको विषय बनेको देखिन्छ । यहि पेरिफेरीमा रहेर तयारी गरेको यस लेखमा एसइईपछि के पढ्ने भन्ने सन्दर्भमा संक्षिप्त जानकारी दिने प्रयास गरिएको छ ।

सर्वप्रगमः विद्यार्थीहरुले उच्च पढाइका लागि एसइईदेखि दशजोड दुई सम्म पुग्नका लागि छोटो समयको ब्रिज कोर्स गर्नु आवश्यक देखिन्छ । यसले विद्यार्थीहरुलाई दशजोड दुईमा गएर पठनपाठनमा मद्दत पुर्‍याउँछ । यो प्रायः एसइई दिएर बसेका विद्यार्थीहरुका लागि तीन महिनाको समय खालि रहेने हुन्छ र यस्तो समयमा ब्रिज कोर्स गर्नाले समयको सदुपयोग हुने र दशजोड दुईका लागि अभ्यास पनि हुन्छ ।

आजभोलिका विद्यार्थीहरु करिअरको सवालमा निकै सचेत रहेको देखिन्छ । अहिले उनीहरुका लागि विज्ञान संकाय, व्यस्थापन संकाय, मानवीय संकायजस्ता प्रचलित विषयहरुमा आफ्नो रुचिअनुसार दशजोड दुईमा विषय रोज्न सक्छन् । तर त्यसपछि उच्च तहका परीक्षाहरु जस्तै इन्जिनियरिङ, मेडिसिन आदिका लागि पनि त्यहीअनुरुप तयार गर्दै लैजानु पर्ने हुन्छ । त्यसैले एसइईपछि विद्यार्थीहरुले निम्न कुराहरुमा ध्यान दिनु आवश्यक छ ।

१.लक्ष्य

हरेक विद्यार्थीको सानैदेखिको केही बन्ने सपना हुन्छ । प्रायः जसो आमाबुबाले तिनका सपना राम्ररी बुझेका हुन्छन् । त्यसैले आमाबुबाको एउटा महत्वपूर्ण काम भनेको यदि उनका छोराछोरी डाक्टर पढ्न चाहन्छन् भने उनलाई दशजोड दुईमा विज्ञान र त्यसमा पनि बायोलोजी समूहमा भर्ना गराउनुपर्छ भन्ने कुराको ज्ञान हुनु जरूरी छ । यसको अर्थ पढाई सुरु गर्नु पूर्व कुन विषय पढ्ने हो, आफ्नो लगाब र रुची पहिचान गर्नु पर्दछ ।

२. उक्त कोर्सको भविष्य के त ?

आजभोलि डाक्टर र इन्जिनियरिङ गर्नेहरु थुप्रै भइसकेका छन् । उपत्यकामा मात्रै ६० वटा भन्दा बढी इन्जिनियरिङ कलेज र त्यसैगरी गल्लीगल्लीमा अस्पताल, नर्सिङ होम आदि खुलेका छन् । तर के सबै विद्यार्थीको चाहना भनेको डाक्टर र इन्जिनियरिङ नै हुन् त ? आइटीसम्बन्धी नयाँ कोर्सहरुले पनि उज्वल भविष्य निर्धारण गर्न सक्छ र यो विषयमा समेत पढ्नेहरु बढी रहेका छन् । तसर्थ, हतार र साथीहरुको होडबाजीमा लागेर कलेज भर्ना हुनुभन्दा अगाडी के पढ्ने भन्ने विषय र त्यसको भविष्यको बारेमा जानकारी हाँसिल गुर्न पर्दछ ।

३. क्षमता

विद्यार्थीहरुले आफुले छानेको विषय नै पढ्छु भन्दा पनि त्यस विषयमा आफुले दक्षता हासिल गर्न सक्छ कि सक्दैन भन्ने कुरा महत्वपूर्ण हुन जान्छ । किनभने कतिपय सन्दर्भमा कलेजले थुप्रै विद्यार्थी जोशका साथ भर्ना त गराउँछन् । तर, ती विद्यार्थी बीचमै पढाइ गर्न नसकेर अन्तै र अर्कै कोर्स पूरा गर्न जाने समस्या देखिएको छ । यस कुराको जिम्मेवारी लिने काम हो कलेज तथा त्यस्ता पठनपाठन गराउने संस्थाहरुको हो । यसका लागि उसले प्रवेश परीक्षाबाहेक विद्यार्थीको मनोबल आदि कुराहरु पनि जाँच गर्नुपर्छ । साथै, सबैभन्दा पहिले विद्यार्थी र अभिभावक आफैँ यस विषयमा सुनिश्चित हुनु आवश्यक छ ।

४. गलत अवधारणा

कतिपय विद्यार्थीहरुको सोच कस्तो हुन्छ भने सजिलो र सस्तो कोर्स गर्ने, जसमा मेहनत कम लागोस् र सजिलै पास पनि भइयोस् । अझ कतिपयले त्यस्ता विषय रोज्नुको कारण यो कोर्स पूरा गरेपछि व्यापारमा ठूलो सफलता पाइन्छ रे भन्ने जस्ता भ्रामक कुराहरुको पछि लागेर कलेज भर्ना गर्ने परम्परा देखिन्छ । यो एकदमै गलत सोचाइ र अवाधरणा हो ।

नेपालमा एसइईपछि पढाइ हुने विषय के के हुन् त ?

१. प्लस टु

प्लस टु तहमा अध्यापन हुने विषय निम्नानुसार छन् ।

क.विज्ञान संकाय

धेरै विद्यार्थीहरुले रोज्ने विषय विज्ञान हो । यो विषय सकेपछि मात्रै उनीहरु डाक्टर र इन्जिनियरिङजस्ता स्नातक तहका कोर्स गर्न सक्षम हुन जान्छन् । यति मात्र नभई उनीहरु डाक्टर र इन्जिनियरिङ् बाहेक अरु पनि थुप्रै क्षेत्रमा जान सक्छन् । जस्तैः नर्सिङ, पाइलट, फार्मेसिस्ट आदि । त्यस्तै सरकारले पनि यससँग सम्बन्धित अन्य थुप्रै कोर्सहरुका लागि बाटो खुला गरिदिएकाले पनि यसको क्रेज बढेको हो ।

उदाहरणका लागि यदि कुनै विद्यार्थी डाक्टर पढ्न नपाएको खण्डमा मान्यताप्राप्त अन्य कोर्सहरु जस्तै द्य।क्अ। (माईक्रोबायोलोजी, फर्माकोलोजी, मेडिकल टेक्नोलोजी, जेनेटिक इन्जिनियरिङ, बायो केमेस्ट्री आदि कोर्स निसंकोच पढ्न पाउँछन् । यिनका बजारमा अभूतपूर्व रुपले जनशक्तिको माग पनि भइरहेको देखिन आएको छ । त्यस्तै गरी जो विद्यार्थी फिजिकल समूहमा भर्ना भएका हुन्छन् । उनका लागि त थुप्रै इन्जिनियरिङ्का कोर्स उपलब्ध छन् । जस्तै सिभिल, कम्प्युटर, मेकानिकल आदि ।

ख. व्यवस्थापन संकाय

यो संकायअन्तर्गत विद्यार्थीहरुले व्यापार, ट्रेड, लेखसम्बन्धी ज्ञान हासिल गर्छन् । यसको विशेषता भनेको यो विषयमा होटल व्यवस्थापन, कम्प्युटर विज्ञान, मार्केटिङ, बिजनेस म्याथ आदि जस्ता व्यापारमा उल्लेखनीय रुपमा प्रयोग हुने विषयहरु पनि पढ्न पाइन्छ । त्यसपछि उनीहरुले आआफ्नो भविष्यका लागि कुन विषयमा क्यारियर बन्न सक्छ भन्ने आभास पाइसकेको हुनुपर्छ ।

ग. मानविकी संकाय

यो विषय माथि भनेका भन्दा अलि फरक छ । यसमा संस्कृति, मानवीय संसाधन, सामाजिक शिक्षा, नृत्य, संगीत, राजनीति, सामाजिक कार्यहरु, ग्रामीण क्षेत्रको विकास आदि पर्न जान्छ ।

२. ए लेभल

यो कोर्स वेलायतको क्याम्ब्रिज विश्व विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भएको कोर्स हो । आजभोलि प्रायःजसोको ध्यान यसमा बढ्दै गएको देखिन्छ । यो कोर्सअन्तर्गत विद्यार्थीहरुले थुप्रै विषयहरुमा पढ्न पाउने भएर पनि र आफ्नो रुचिअनुसारको विषयहरु पनि उनीहरुले पाउने हुनाले होला यसप्रति उनीहरुको आकर्षण बढ्दै गएको हो । यसको अर्को विशेषता भनेको कुनै पनि विद्यार्थीले फिजिक्स सँगसँगै सोसोलोजी पनि लिन सक्छन् । अर्थात् कुनै पनि संकायको कुनै पनि विषय उनीहरुले आफ्नो रुचिअनुसार लिन सक्छन् ।

३. शिक्षा

यो अलि फरक कोर्स हो, माध्यामिक स्तरका विद्यार्थीहरुलाई लक्षित गरी बनाईएको कोर्ष हो । जो विद्यार्थी भविष्यमा शिक्षक नै हुन चाहन्छन्, उनका लागि यो कोर्स अति उपयोगी हुन सक्छ । यो कोर्स उच्च माध्यमिक विद्यालयहरुले मिलेर खोलेका हुन् । यसका लागि आवश्यकताअनुसार शिक्षा मन्त्रालयले शिक्षक प्रशिक्षण कार्यक्रम पनि राख्ने गरेका हुन्छन् ।

५. फरेस्ट्री

नेपालमा फरेस्ट्रीको क्षेत्रमा हेर्ने हो भने लाग्छ, नेपालीहरुले भन्दा विदेशीले बढी बुझेका छन् । लाखौँ डलर फरेस्ट्रीमा लगानी भइसकेको अवस्थामा पनि हामी नेपालीहरुको योग्यताका कमीले गर्दा विदेशबाट मानिसहरु आएर यहाँ शोध गरिरहेको देखिन्छ । अथवा फरेस्ट्रीसँग सम्बन्धित काम गरिराखेको देखिन्छ । नेपालमा हाल दुई वटा शैक्षिक संस्था छन्, जसले फरेस्ट्रीसम्बन्धी आधिकारिक रुपले पढाउने तथा मान्यताप्राप्त सर्टिफिकेट दिने गर्दछन् –एउटा हेटांैडा र अर्को पोखरामा । यो डिग्री हासिल गरेर तपाईंले विदेशीले ल्याउने विभिन्न प्रोजेक्टहरुको फरेस्ट्रीसम्बन्धी विभिन्न कामहरुमा आफ्नो रोजगारी प्राप्त गर्न सक्नुहुन्छ र विचार गर्नुहोस् यो क्षेत्रमा दक्ष जनशक्तिको एकदमै कमी छ ।

६. होटेल व्यवस्थापन

नेपालले पर्यटकीय दृष्टिकोणले फड्कोमार्दै छ । उदाहरणस्वरुप यसका लागि हरेक २/३ दिनमा नयाँ ठूलाठूला होटेल तथा रिसोर्ट खुलिरहेको कुराबाट हामी सबै अवगत नै छौं । तर, ती होटेलहरुका लागि आवश्यक पर्ने दक्ष जनशक्तिको भने अत्यन्त अभाव देखिन्छ । यो विषयसम्बन्धी कलेजहरु नेपालमै उपलब्ध छन् । पढाइ गर्न मिल्ने त्यस्ता कलेज नाथम (नेपाल एकेडेमी या टुरिजम एन्ड हस्पिटालिटी म्यानेजमेन्ट) एउटा हो, प्रवीणता प्रमाणपत्र तहको पढाइ हुने यो कलेजमा यो डिग्री हासिल गरिसकेपछि विद्यार्थी आफैले बुझ्नेछन् । यसको स्कोप कत्तिको रहेछ भनेर ।

७. संस्कृत

सुन्दा अचम्म लाग्ला किनभने आजको जेनेरेसन प्रविधितिर उन्मुख भइरहेको बेलामा यो संस्कृतको कुरा कहाँबाट आयो भनेर ? त्यसमा पनि लोप हुने अवस्थामा कसरी उल्लेख गरियो भनेर ? तर जर्मनीमा मात्रै संस्कृतसँग सम्बन्धित १७ वटा विश्वविद्यालय छन् । अर्थात् नेपालमा यो विषयको महत्व जसरी न्यून भएर गएको छ, त्यही विषय नेपालबाहिरका देशहरुमा यसको महत्वले आकाश छोएको छ । कतिपय विदेशी देशहरुमा त यो विषय पढाइ नै हुन्छ र अझ कतिपय विदेशी भाषाहरु संस्कृतबाटै आएको भन्ने कुरा प्रमाणित भइसकेपछि त झन् यसमा ठूलो लगानी लाग्न थालेको छ । यस विषयमा ठूलो लगानीका साथ शोधहरु भइरहेका छन् ।

आउँदा दिनमा ती सबै शोधले नेपाललाई नै आफ्नो गन्तव्य बनाउने कुरामा दुईमत छैन । नेपाल नै मुख्य स्रोत हो भन्ने कुरा मानेर उनीहरुले भविष्यमा यही काम गर्ने प्रायः निश्चित छ । यो परिप्रेक्ष्यमा यो भाषामा ज्ञान हासिल गरेर दूरगामी अवसरलाई नियाल्न सकिन्छ । नेपालमै नेपाल संस्कृत विश्वविद्यालय छ जहाँ शास्त्र तथा संस्कृतसँग सम्बन्धित सम्पूर्ण पढाइ हुन्छ, एकपटक यसलाई पनि विचार गर्नुहोला ।

८. सिटिइभिटी अन्तर्गतका कोर्सहरु

मुख्यतः घरेलु तथा साना उद्योगहरुलाई टेवा दिने उद्देश्यले यो परिषद्को स्थापना गरिएको हो । नेपालमा हाल आएर घरेलु व्यवसाय धेरै नै फस्टाइसकेका छन् । त्यस्ता उद्योगमा विशेषगरी विपन्न तथा मध्यमवर्गीय परिवारका लागि टेवा होस् भनेर त्यस्ता कोर्सहरु सिटिइभिटीले अधिकारिक रुपले पढाउने गरेको छ ।

अझै पनि विपन्न तथा मध्यमवर्गीय परिवारकै बाहुल्य रहेको हाम्रो समाजका धेरै विद्यार्थीहरुका लागि यो विषय पढ्ने नपढ्ने अन्योलको अवस्था आउन सक्ने कुरा स्वाभाविक हो । तर विस्तारै देशमा विदेशी लगानी बढ्दै गएको अवस्था, राजनीतिक स्थिरता आएको बेलामा ठूलाठूला उद्योगहरु आउने सम्भावना प्रबल छ । कतिपय त सुरुवात पनि भइसकेका छन् ।

त्यतिबेला स्वरोजगारको सरकारी नीतिअनुरुप मौका पाउने भनेको देशभित्रकै योग्य तथा दक्ष जनशक्तिले नै हो, त्यतिबेला मात्रै थाहा हुन्छ, यसको महङ्खव के रहेछ भनेर । त्यसैले यो कोर्स गर्नु व्यर्थ हुँदैन ।

९. पोलिटेक्निक

माथि भनिएजस्तै सिटिइभिटीले नै सञ्चालनमा ल्याएको पोलिटेक्निक कोर्सको पनि भविष्यमा उत्तिकै स्कोप छ । हाल विभिन्न पाँचवटा पोलिटेक्निकसँग सम्बन्धित पढाइ हुने संस्था छन् । साधारण औषधिसम्बन्धी ज्ञानदेखि लिएर फार्मेसी आदि जस्ता कोर्सहरु यसमा गराइन्छ । दिनानुदिन मेडिकल कलेज, क्लिनिक, नर्सिङ होम आदिहरु खुलेको अवस्थामा यो कोर्सले सानो तर महङ्खवपूर्ण भूमिका खेल्ने पक्का छ । यस्ता जनशक्तिको आवश्यकता मात्रै होइन, अपरिहार्य हुन जाने प्रायः निश्चित छ ।

यसबाहेक कम्प्युटरसम्बन्धी डिग्री हाँसिल गर्ने थुप्रै संस्था छन्, जसले विभिन्न स्तरमा कोर्सहरु गरिरहेका छन् ।

यहाँ महत्वपुर्ण कुरा के हो भने हतारमा कुनै पनि विषय रोजिहाल्नुअघि विषय विशेषज्ञसँग सहि रायसल्लाह लिएर विषयको महत्व बुझेर, भविष्यमा त्यसले कत्तिको रोजगार तथा व्यवसाय क्षेत्रमा टेवा पुर्‍याउँछ भन्ने कुरा बुझ्नु आवश्यक छ ।

Facebook Comments