आईफा अवार्ड यो वर्ष नेपालमा नहुने

काठमाडौं। चौतर्फी विरोध भएपछि भारतीय निजी व्यवसायिक संस्था विजक्राफ्टको आईफा (इन्टरनेशनल इण्डिण्न फिल्म एकेडेमी) अवार्ड गर्नबाट सरकार पछि हटेको छ। नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृति सीईओ दीपकराज जोशीले यो वर्ष आईफा अवार्ड नेपालमा नहुने जानकारी दिए।

भारतीय चलचित्र उद्योग बलिउडको निजी कार्यक्रम नेपालमा हुने र त्यसको सम्पूर्ण खर्च सरकारले व्यहोर्न लागेको भन्दै सरकारको उक्त निर्णयको चौतर्फी आलोना भएको थियो।

मंगलबार संघीय संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले आइफा अवार्ड नेपालमा आयोजना नगर्न सरकालाई निर्देशन दिएको थियो। समितिले मुलुकको राष्ट्रिय स्वाधिनतामाथि नै आँच आउन सक्ने भन्दै आईफा अवार्ड नेपालमा आयोजना नगर्न सकारलाई निर्देशन दियो।

समितिले आइफा अवार्ड रोक्न सरकारलाई निर्देशन दिएको थियो। नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत जोशीले यो वर्ष आइफा अवार्ड नेपालमा नहुने बताए।

Facebook Comments