आफ्नै गोप्य अंगमा धान रोप्ने ‘धानवाली’

काठमाडौं। असार १५ मा धान दिवस मनाइरहँदा एक युवती एकाएक चर्चामा आइन् । ती युवतीले आफ्नै शरीरमा धानको बीउ रोपेर फोटोशूट गराएकी थिइन् । उनको फोटोशूट सामाजिक संजालमा निकै भाइरल भयो । यससँगै उनी को हुन् भन्ने चासो पनि बढ्यो ।

यी युवती हुन् रितिका जिरेल । उनी मोडल हुन् । एक सय भन्दा बढी म्युजिक भिडियोमा मोडलिङ गरेकी मोडल रितिका जिरेलले आइतबार धान दिवसको अवसरमा आफ्नै शरीरका गोप्य अंगमा धान रोपेकी थिइन् । नेपालमा खेती योग्य जग्गाहरुमा प्लटिङ गरेर सबैतिर बाँझो राख्नुका साथै घर बनाउन थालेपछि जग्गाका अभावमा आफूले यसरी रोपाईं गरेको यी मोडलले बताएकी छिन् ।

Facebook Comments